काठमाडौं- नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन पारित गरेको छ। बुधबारको बैठकले प्रतिवेदन पारित गरेको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
मंगलबारदेखि सुरु भएको बैठकमा अध्यक्ष नेपालले १२ पृष्ठको प्रतिवेदन पेश गरेका थिए। सो प्रतिवेदनमाथि छलफलका लागि पाँचवटा समूह बनाइएको थियो। समूह छलफलको नेतृत्व समूह १ बाट रामकुमारी झाँक्री, समूह २ बाट रामचन्द्र साह, समूह ३ बाट रमा आले, समूह ४ बाट श्रीप्रसाद साह र समूह ५ बाट दिनेश राईले गरेका थिए।
'उहाँ (समूह नेता) हरुले दिएका महत्त्वपूर्ण सुझावहरुलाई पार्टी केन्द्रीय कमिटीको बैठकले ग्रहण गर्दै सुझावहरु सहित राजनीतिक प्रतिवेदनलाई अन्तिम रुप दिनेगरी पारित गर्न प्रस्ताव गरियो। र त्यो प्रस्ताव पारित भएको छ', खतिवडाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।