काठमाडौं– परराष्ट्रमन्त्री डा नारायण खड्का आज (बुधबार) संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने भएका छन्। संयुक्त राष्ट्र संघको ७६औं महासभामा भाग लिने प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री खड्का न्यूयोर्क जान लागेका हुन्।
मन्त्री खड्काले संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। महासभालाई सम्बोधन गर्दा मन्त्री खड्काले कोभिड १९ को प्रभावबाट पुनरुत्थान, दिगो पुनर्निर्माण, मानव अधिकार र संयुक्त राष्ट्र संघको पुनरुत्थानका विषयमा धारणा राख्नेछन्।
न्यूयोर्कमा रहँदा मन्त्री खड्का विभिन्न देशका आफ्ना समकक्षीसँगको साइडलाइन वार्तामा पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
खड्का नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव भरत राज पौड्याल र उच्च सरकारी अधिकारीहरु पनि सहभागी हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।