काठमाडौं- नेकपा एकीकृत समाजवादीले पार्टीको मुखपत्र प्रकाशित गर्ने भएको छ। केन्द्रीय कमिटीको बुधबारको बैठकले 'समाजवाद' नामक मुखपत्र प्रकाशित गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।
कम्युनिस्ट पार्टीहरुमा विगतदेखि नै पार्टीको नीति तथा निर्णयहरुको बारेमा कार्यकर्तालाई जानकारी दिने त्यसलाई आम रुपमा प्रचारित गर्नका लागि मुखपत्र प्रकाशित गर्ने प्रचलन छ।
त्यस्तै, बुलेटिन प्रकाशित गर्ने निर्णय गरेको उनले बताए। बुलेटिन समसामयिक हुने उनले बताए। महिना दिन वा पन्ध्र दिनमा प्रकाशित हुने उनले बताए।
चुनाव चिह्नका सम्बन्धमा धेरै सुझाव आएको भन्दै खतिवडाले चाँडोभन्दा चाँडो अन्तिम रुप दिने बताए। मंगलबारदेखि जारी बैठक भोलि पनि बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।