फाइल तस्वीर
काठमाडौं– बुधबार साँझ सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका अनुसार बुधबार साँझ ५ गठबन्धनको बैठक बस्न लागेको हो।
दिउँसो ३ बजे नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको र त्यसपछि गठबन्धनको बैठक बस्ने प्रधानमन्त्री देउवाको सचिवालयका एक सदस्यले जानकारी दिए।
मन्त्रिपरिषद् विस्तारका सन्दर्भमा निर्णय गर्न गठबन्धनको बैठक बस्न लागेको हो। यसअघि मंगलबार बसेको गठबन्धनको बैठकले कांग्रेस नेता डा नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने निर्णय गरेको थियो।
सत्तारुढ गठबन्धनको प्रमुख घटक माओवादी केन्द्रको पनि अहिले स्थायी समिति बैठक जारी छ। पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकमा सरकारमा पठाउने मन्त्रीको नामबारे निर्णय हुने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।