काठमाडौं- काठमाडौंको कपनमा ढलमा खसेर एक बालक बेपत्ता भएका छन्। बेपत्ता बालकको पहिचान खुल्न सकेको छैन।
बूढानीलकण्ठ नगरपालिका–१० र काठमाडौं महानगरपालिका–६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर मंगलबार राति ती बालक बेपत्ता भएको महानगरीय प्रहरी प्रभाग, कपनका प्रहरी निरीक्षक भगवती तिमल्सिनाले जानकारी दिइन्।
स्थानीयवासी र प्रहरीले बेपत्ता बालकको खोजी गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।