काठमाडौं- नेपाली कांग्रेसका नेता डा.नारायण खड्का परराष्ट्रमन्त्रीको शपथ लिएर आजै अमेरिका प्रस्थान गर्ने भएका छन्।
खड्कालाई परराष्ट्र मन्त्री बनाउनेबारे गठबन्धनमा सहमति भएसँगै उनलाई आजै मन्त्री बनाउने र शपथ गराउने तयारी गरिएको छ।
शपथ लिएपछि पदभार ग्रहण गरे लगत्तै खड्का संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
दक्षिण एशियाली सहयोग संगठन (सार्क) देशका विदेश मन्त्रीस्तरीय बैठक भने रद्द भएको छ। सार्क देशका विदेश मन्त्रिहरुको अनौपचारिक बैठक २५ सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको महासभाको ७६ औं सत्रको 'साइडलाइन' बैठक अमेरिकामा हुने तय भएको थियो।
पाकिस्तानले तालिबानका प्रतिनिधिलाई पनि बैठकमा सहभागी गराउनुपर्ने सर्त राखेसँगै उक्त अनौपचारिक बैठक रद्द भएको दाबी भारतीय अनलाइनहरुले गरेका छन्।
सार्कको अध्यक्षता गरिरहेको नेपालले सबै सदस्य राष्ट्रहरुबीच सहमति जुट्न नसक्दा बैठक रद्द गरिएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।