काठमाडौं- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन्।
उनले भोलि (बुधबार) दिउँसो ३ बजेका लागि आफ्नो निजी निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन्।
मन्त्रिपरिषद् विस्तार र महाधिवेशनका विषयमा छलफल गर्न देउवाले पदाधिकारी बैठक बोलाएको जानकारी दिइएको छ।
मंगलबार साँझ बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको थियो।
देउवा नेतृत्वमा सरकार बनेको लामो समय बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन नसक्दा सर्वत्र आलोचना भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।