काठमाडौं- सरकारले राजनीतिक आधारमा नियुक्त गरिएका राजदूतहरुलाई फिर्ता बोलाउने भएको छ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेसँगै करिब एक दर्जन देशका राजदूत फिर्ता हुने भएका छन्।
मन्त्रिपरिषद्को उक्त निर्णयसँगै नेपालका तर्फबाट अमेरिकाका लागि राजदूत नियुक्त युवराज खतिवडा, भारतका निलाम्बर आचार्य, चीनका महेन्द्रबहादुर पाण्डे, बेलायतका लोकदर्शन रेग्मीलगायत फिर्ता हुने छन्।
यी हुन् फिर्ता हुने राजदूतहरु
बंगलादेश- बंशिधर मिश्र
चीन- महेन्द्रबहादुर पाण्डे
भारत- निलाम्बर आचार्य
इजरायल- अञ्जान शाक्य
जापान- प्रतिभा राणा
मलेसिया- उदयराज पाण्डे
ओमान- शर्मिला पराजुली ढकाल
कतार- नारदनाथ भारद्वाज
दक्षिण अफ्रिका- निर्मलकुमार विश्वकर्मा
स्पेन- दाबा फुटी शेर्पा
बेलायत- लोकदर्शन रेग्मी
अमेरिका- युवराज खतिवडा
जापानस्थित राजदूत प्रतिभा राणा र ओमानस्थित राजदूत शर्मिला पराजुलीको पदावधि यसअघि नै सकिए पनि पूर्ववर्ती केपी शर्मा ओली सरकारले उनीहरुको पदावधि केही समय थप गरेको थियो। त्यसरी थपिएको अवधि पनि यही महिना सकिँदैछ। उनीहरुलाई पदावधि सकिएर आउन दिने वा त्यसअघि नै फिर्ता बोलाउने भन्नेबारे भने सरकारले खुलाएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।