काठमाडौं- नेकपा एकीकृत समाजवादीले ५७ जना केन्द्रीय सदस्य थप गरेको छ।
यसअघि निर्वाचन आयोगमा ५९ जना केन्द्रीय सदस्यले सनाखत गरेका थिए। कूल १ सय १६ जना केन्द्रीय सदस्य हुने भएपछि ५७ जनाले केन्द्रीय सदस्य हुने अवसर पाएका हुन्।
मंगलबारदेखि काठमाडौंमा सुरु भएको एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकबाट नाम अनुमोदन हुने प्रवक्ता जगन्नाथ खतिवडाले बताए।
बैठकबाट केन्द्रीय सदस्यको नाम अनुमोदन भएपछि बैठकमा सहभागी हुन पाउने भएका छन्। पार्टीमा युवासहित समावेशी चरित्रका आधारमा केन्द्रीय कमिटीमा नाम सिफारिस गरिएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।