काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
सोमबारदेखि सुरु भएको बहस मंगलबार टुंग्याउँदै सर्वोच्च अदालतले निर्वाचन आयोगदेखि संसद्सम्मका सक्कल फाइल मगाउन आदेश गरेको हो।
माधवकुमार नेपालले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी गठन गरेपछि ओली निर्वाचन आयोग र सभामुखविरुद्ध रिट लिएर अदालत पुगेका थिए। उनले नेपालको पार्टी नै अवैधानिक भएको जिकिर गरेका थिए। साथै, माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गर्नुपर्ने माग गरेका थिए।
रिटमा सुनुवाइ गर्दै न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासले निर्वाचन आयोगको भदौ ९ गते गरेको निर्णयको फाइल, सभामुख अग्नि सापकोटाले भदौ १३ गते गरेको निर्णयको सक्कल फाइल मगाउन आदेश गरेको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।