काठमाडौं- गायक तथा गजलकार दिनेश गौतम आफ्नो फरक शैलीको गायकका कारण चर्चित छन्। गजलमा बढी सुनिने गौतमका ‘धनमै मान्छे रमायो’, ‘पैसाकै लागि बाँच्छ मान्छे’ जस्ता गीतहरु चर्चित छन्।
गौतमले सोमबार आफ्नो नयाँ ‘चरी’ बोलको गीत सार्वजनिक गरेका छन्। प्रकाश सापकोटाको शब्द तथा पुस्तक प्रसादकै संगीतमा सोमबार गीत सार्वजनिक भएको हो। आफ्ना पुराना गीतजस्तै नयाँ गीतमा पनि गौतमले मानविय संवेदना, सम्बन्ध, धन सम्पत्तिको विषयमा रहेको छ। चरीलाई सम्बोधन गर्दै उनले यी कुरालाई गीतमा समेटेका छन्।
गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका छन् भने यसलाई अशोक महर्जनले मिक्सिङ गरेका हुन्। ‘फिल’ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई कुमार केसीले रेकर्ड गरेका हुन्।
‘भ्वाइस अफ नेपाल’को स्टुडियोमा छायांकन गरिएको गीतको भिडियोमा गौतमसहित भ्वाइसकै टिमलाई फिचर गरिएको छ। भिडियोलाई लक्षण पौडेलले निर्देशन गरेका छन्।
गोल्डेन हर्ट पिक्चर्स प्रालिको निर्माण रहेको भिडियो कम्पनीकै आधिकारिक युट्युब च्यानलमा हेर्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।