काठमाडौं– प्रमुख प्रतिपक्ष नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि राष्ट्रिय सभामा प्रश्न उठाएको छ।
एमालेका राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले प्रतिनिधि सभामा सभामुखले गुरिल्ला अभ्यास गरेको आरोप लगाए।
‘प्रतिनिधि सभामा सत्तापक्ष, प्रतिपक्ष, मन्त्री कहाँ बस्ने मर्यादा हुन्छ। मन्त्रीका लागि छुट्याइएको कुर्चीमा अर्थमन्त्रीलाई देखिएन। एउटा कुनाबाट आएर विनियोजन विधेयक प्रस्तुत भयो।’ अध्यादेश लागू गर्न सभामुखको पदीय भूमिका अनुसारको कार्य नगरेको उनले बताए। अध्यादेशले पार्टीहरुलाई कमजोर बनाएको उल्लेख गर्दै दाहालले भने, ‘संविधानलाई ध्वस्त पार्न सरकारले लागेको छ।’
परमादेशबाट भएको सरकार भएपनि एमालेले सरकार नै मानेको बताए। विनियोजन विधेयक मार्फत पूर्ववर्ति सरकारले सुरु गरेका १५ सय बढी सडक आयोजनाका रकम कटौती गरिएको उनले दाबी गरे।
नेपालको इतिहासमा कहिले नसुनिएको बजेट होलिडे यही सरकारको समयमा सुनिएको उनले बताए।
अध्यादेश फिर्ता नहुन्जेलसम्म सरकारले पूर्णता पाउन नसक्ने अवस्था रहेकाले अध्यादेश ल्याउनुको तथ्य पुष्टि भएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।