काठमाडौं– स्पेनिस ला लिगाअन्तर्गत सोमबार राति सम्पन्न खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ।घरेलु मैदान क्याम्प नोउमा हारतर्फ उन्मुख बार्सिलोनाले खेलको अन्तिम मिनेटमा गोल गर्दै ग्रानाडासँग १–१ गोलको बराबरीमा रोकिएको हो।
घरेलु मैदानमा हारतर्फ उन्मुख बार्सिलोनाले खेलको अन्तिम मिनेटमा गोल गर्दै ग्रानाडासँग १–१ गोलको बराबरी गरेको हो।
खेलको अन्तिम मिनेटमा बार्सिलोनाका लागि रोनाल्ड अरौजो बराबरी गोल फर्काएका थिए।
ग्रानाडाले खेलको दोस्रो मिनेटमै कौटिन्हो मेनेसेस डुआर्टेको गोलबाट अग्रता लिएको थियो।
बार्सिलोना चार खेलबाट ७ अंकसहित लिग तालिकामा सातौं स्थानमा छ। ग्रानाडा तीन अंकसहित तालिकाको १७ औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।