काठमाडौं- गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीमा आफ्नै कोठामा सुतिरहेका एक पुरुष मृत फेला परेका छन्।
प्रहरीका अनुसार जोरपाटीमा कोठा भाडामा लिएर बसेका भारत मोतिहारी घर भएका ५५ वर्षीय अहमद अन्सारी आफ्नै कोठामा सुतिरहेको अवस्थामा सोमबार मृत अवस्थामा फेला परेका हुन्।
यस बिषयमा थप अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।