काठमाडौं– पार्टी स्थायी कमिटीको बैठक सकेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफू निकट नेताहरूसँग छुट्टै छलफलमा जुटेका छन्।
बालकोटस्थित निजी निवासमा ओलीले नेताहरुसँग छलफल गरिरहेका बैठकमा सहभागी एक नेताले जानकारी दिए। छलफलमा माओवादी छोडेर एमालेमै रहेका नेताहरु पनि सहभागी छन्।
पछिल्लो राजनीतिक घटनाक्रमसहित पार्टी गतिविधिकै विषयमा छलफल गर्न ओलीले आफू निकटका नेताहरुसँग छुट्टै छलफल गरिरहेका बुझिएको छ।
सोमबार ललितपुरको च्यासलमा सम्पन्न भएको स्थायी कमिटीको बैठकले पार्टीको विधान महाधिवेशनका लागि बैठकमा पेस भएका तीनवटै प्रस्तावलाई केन्द्रीय कमिटीको बैठकमा लैजाने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।