फाइल तस्बिर।
काठमाडौं- नेकपा एमालेको स्थायी कमिटीको बैठक सकिएको छ। आइतबारदेखि जारी बैठकमा तीनवटा दस्तावेजमाथि छलफल भएको थियो।
'स्थायी कमिटीका सदस्य कमरेडहरुले प्रतिवेदनमाथि आफ्ना गहन सुझावहरु लिखित र मौखिक रुपमा दिनुभएको छ। विधान संशोधनसम्बन्धी प्रस्ताव, संगठनसम्बन्धी प्रस्ताव र राजनीतिक प्रतिवेदन सम्बन्धी प्रस्तावमाथि सुझावहरु प्रस्तुत भएका छन्', बैठकपछि पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने।
उनका अनुसार, सुझाव सहितका ती प्रतिवेदनहरु असोज ८ र ९ मा बस्ने केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिने छ। 'केन्द्रीय कमिटीका सदस्यहरुको सुझावहरुलाई लिएपछि ती सुझावहरुलाई समेत समावेश गरेर असोजको १५, १६ र १७ गते हुने विधान महाधिवेशनमा प्रस्तुत गरिनेछ', भट्टराईले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।