काठमाडौं- स्काई गोल्स काठमाडौंले राष्ट्रिय 'ए' डिभिजन फुटसल लिगमा पहिलो जित हात पारेको छ।
पोखराको बहुउद्देश्यीय कभर्डहलमा सोमबार सम्पन्न खेलमा स्काईले झरना स्पोर्ट्स क्लबलाई ८-० गोल अन्तरले पराजित गरेको हो।
स्काईको जितमा निर्मल गुरुङ र प्रकाश महत्राले दुई/दुई गोल गरे। अनिल खड्का, अनिश सुनाम, सन्जोग चाम्लिङ र रोशन अधिकारीले एक/एक गोल गरे।
जितसँगै स्काईले २ खेलमा ३ अंक जोडेको छ। झरनाको यो लगातार दोस्रो हार हो। लिगमा १० टिमको सहभागिता रहेको छ।
फुटसल लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ।
यस्तै, उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५र२५ हजार रुपैयाँ पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।