इडिनवर्ग– इंग्ल्यान्ड विरुद्धको एकदिवसीय खेलमा एसोसिएट टिम स्टकल्यान्डले सनसनीपूर्ण जित हात पारेको छ। स्टकल्यान्डले आइतबार राति भएको खेलमा इंग्ल्यान्डलाई ६ रनले पराजित गरेको हो।
स्कटल्यन्डले दिएको ३ सय ७२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४८.५ ओभरमा ३ सय ६५ रनमा अलआउट भयो। इंग्ल्यान्डका लागि लिइम प्लुङकेटले नटआउट ४७ रन जोडेपछि जितका लागि पर्याप्त हुन सकेन। त्यसअघि मोइन अली ४६ रनमा आउट भएका थिए। जोनी बिस्ट्रले प्रहार गरेको शतक पनि जितका लागि पर्याप्त हुन सके। उनले १ सय ५ रन जोडेका थिए।
बलिङतर्फ स्कटल्यान्डका मार्क वाटले ३ विकेट लिए। अलास्डयर इभान्स र रिची बेरिङटनले समान २–२ विकेट लिए।
त्यसअघि स्कटल्यान्डले ५ विकेटको क्षतिमा ३ सय ७१ रन जोड्यो। स्कटल्यान्डका लागि कालुम म्याकलियोर्डले १ सय ४० रनको योगदान दिए। जर्ज मुन्सीले ५५ तथा केल कोइजरले जोडेको ५८ रन पनि स्कटल्यान्डका लागि महत्वपूर्ण सावित भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।