काठमाडौं- द राइजिङ क्लब धरानले राष्ट्रिय 'ए' डिभिजन फुटसल लिगमा लगातार दोस्रो जित निकालेको छ।
पोखराको बहुउद्देश्यीय कभर्डहलमा सोमबार सम्पन्न खेलमा प्रभातफेरी युथ क्लबलाई ११-६ गोल अन्तरले पराजित गर्दै राइजिङले दोस्रो जित दर्ता गरेको हो।
राइजिङका रेवोस मास्के र बिकु तामाङले तीन/तीन गोल गरे। यस्तै, मिलन राईले दुई तथा मिलन लिम्बु, दोर्जी तामाङ र सुदिप गुरुङले एक/एक गोल गरे।
प्रभातफेरीका धिरज श्रेष्ठले दुई तथा धिरज जोशी, राज पौडेल, सृजन पुरी र सिजन गुरुङले एक/एक गोल गरे।
शीर्षस्थानमा रहेको राइजिङले दुई खेलमा छ अंक छ।प्रभातफेरी अंकविहीन रहँदै पुछारमा छ।
लिगमा १० टिमको सहभागिता रहेको छ।
फुटसल लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ।
यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५/२५ हजार रुपैयाँ पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।