फाइल तस्वीर
काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद्लाई प्रभावकारी रुपले चलाउने कर्तव्य सरकार पक्ष र विपक्ष दुवैको भएको बताएका छन्। सोमबारको प्रतिनिधि सभा बैठकपछि प्रतिक्रिया दिँदै उनले सरकारले आफ्नो जिम्मेवारी पूरा गरेको बताए।
'आफ्नो कर्तव्यलाई सरकारले जिम्मेवार भएर वहन गरेको छ। एमालेजस्तो अनुभवी प्रतिपक्षीबाट पनि हामीले त्यसै किसिमको भूमिकाको अपेक्षा गरेका छौं। अहिले पनि त्यही अपेक्षा गरेका छौं', उनले भने।
उनले आफू संसदीय मामिला मन्त्री पनि भएको हुनाले संसद्लाई चलाउनका लागि प्रमुख प्रतिपक्षी दलका नेतासँग संवाद गरिराखेको बताए। उनले आजैको संसद् बैठक चल्ने आशा राखेको भए पनि त्यसो नभएको बताए।
मन्त्री कार्कीले विगतकै सरकारले ल्याएका महत्त्वपूर्ण विधेयकहरुलाई रोक्ने काम भइरहको भन्दै त्यो आफैंमा अनौठो भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।