पेरिस– विश्व नम्बर एक टेनिस खेलाडी राफायल नाडालले ११औं पटक फ्रेन्च ओपन टेनिस प्रतियोगिताको उपाधि जितेका छन्।
आइतबार राति भएको उपाधि भिडन्तमा स्पेनिस टेनिस स्टार नाडालले अस्ट्रियाका डोमिनिक थिएमलाई ६–४, ६–३ र ६–२ को सोझो सेटमा पराजित गरेका हुन्। यो सँगै ३२ वर्षीय नाडालको ग्रान्डस्लाम उपाधि संख्या १७ पुगेको छ। पुरुष एकलमा सर्वाधिक ग्रान्डस्लाम स्विट्जरल्यान्डका रोजर फेडेररले २० पटक जितेका छन्।
सन् २००५ देखि नाडालले जितेका फ्रेन्च ओपन


यता महिला एकलको उपाधि भने रोमानियाका सिमोना हेलेपले जितेकी थिइन्। उनले पहिलो ग्रान्डस्लामको उपाधि जित्ने क्रममा रोमानियाकी स्यालोनी स्टेफिन्सलाई ३–६, ६–४ र ६–१ ले पराजित गरेकी थिइन्। यसअघि उनी तीन पटक ग्रान्डस्लामको फाइनलमा पुगेर पनि उपाधिबिमुख बनेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।