फाइल तस्बिर।
काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मन्त्रिपरिषद् विस्तारका लागि राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज हुनुपर्ने दोहोर्याएका छन्। सोमबार प्रतिनिधि बैठकबाट बाहिरिँदै उनले सो अध्यादेश गलत भएको बताए।
'दलहरुलाई अस्थिर बनाउने अध्यादेश हो। दलहरुभित्र विभाजन गर्ने, अस्थिर बनाउने, विकृति फैलाउने चिज हो। अन्तत्वगत्वा लोकतन्त्रलाई अस्थिर बनाउने खालको अध्यादेश भएको हुनाले यसलाई खारेज गरेपछि र मन्त्रिपरिषद् विस्तार हुन्छ', उनले भने।
यादवले सरकारले चाँडै पूर्णता पाउने बताए। तर, सरकारलाई पूर्णता दिनका लागि मन्त्रालयको बाँडफाँट हुनुपर्ने उनको भनाइ छ। तर, उनको मुख्य जोड भने अध्यादेश खारेजीमै थियो।
'दल सम्बन्धी अध्यादेश खारेज हुन्छ। त्यो हुनेबित्तिकै मन्त्रिषरिषद्को विस्तार हुन्छ। सरकारले पूर्णता पाउँछ। यसलाई चाँडै गरौं, ढिलो भइसक्यो भन्ने छ', उनले भने।
भदौ २ गते राजनीतिक दल सम्बन्धी अध्यादेश जारी भएको थियो। त्यसपछि नेकपा एमाले र जसपा विभाजन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।