काठमाडौं– नेकपा एमालेले सोमबारको प्रतिनिधि सभाको बैठक पनि अवरोध गरेको छ। भदौ २३ देखि वेल घेरेर अवरोध गरिरहेको सो पार्टीले त्यसलाई निरन्तरता दिएको हो।
एमालेको अवरोधकै बीच प्रतिनिधि सभा कार्यसूचीमा प्रवेश गरेको छ।
एमालेको अवरोधका बीच भदौ २३, २५, २७ र २९ गतेका बैठक पनि सञ्चालन गरिएको थियो।
गत मंगलबार पनि विनियोजन विधेयकमाथिको छलफल अघि बढिरहँदा एमालेका सांसद्हरुले नाराबाजी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।