काठमाडौं– नेकपा एमाले स्थायी कमिटीको बैठक आज (सोमबार) पनि बस्दै छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा आइतबारदेखि जारी बैठक आज पनि निरन्तर रहने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए।
दिउँसो १ बजेदेखि सुरु हुने बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान, राजनीतिक र सांगठनिक प्रतिवेदनलाई अन्तिम रुप दिने उनले जानकारी दिए।
आइतबारको बैठकमा अध्यक्ष केपी शर्मा ओली, महासचिव इश्वर पोखरेल, संगठन विभाग प्रमुख विष्णु पौडेलद्वारा प्रस्तुत राजनीतिक, सांगठनिक र विधान प्रतिवेदनमाथि छलफल भएको थियो।
प्रस्तावित दस्ताबेजमाथि सुरु छलफलमा आइतबार स्थायी कमिटीका पाँचजनाले आफ्नो धारणा राखेका छन् । स्थायी कमिटीमा सुरु भएको प्रस्तावमाथिको छलफलमा आइतबार अमृत बोहरा, केशव बडाल, पुष्प कँडेल, घनश्याम भुसाल र युवराज ज्ञवालीले आफ्नो विचार प्रस्तुत गरेका छन् ।
बैठकमा एमालेको असोज १५ देखि १७ गते सम्म आयोजना हुन लागेको विधान महाधिवेशनमा लगिने विभिन्न प्रस्तावमाथि छलफल भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।