काठमाडौं– इंग्लिस प्रिमियर लिगअन्तर्गत चेल्सीले टोटेनहममाथि सहज जित निकालेको छ।आइतबार राति सम्पन्न खेलमा चेल्सीले टोटेनहमलाई ३–० गोल अन्तरले पराजित गरेको हो।
टोटेनहमको घरेलु मैदानमा सम्पन्न खेलमा चेल्सीलाई जित दिलाउन थियागो सिल्भा, एनगोलो कान्टे र एन्टोनियो रुडिगरले एक/एक गोल गरे।
पहिलो हाफ बराबरीमा सकिएको खेलमा चेल्सीले दोस्रो हाफको सुरुमै अग्रता बनाएको थियो। खेलको ४९औं मिनेटमा सिल्भाले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
खेलको ५७औं मिनेटमा कान्टेले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए। खेलको इन्जुरी समयमा रुडिगरले गोल गर्दै चेल्सीलाई ३–० को जित दिलाए।
जितसँगै ५ खेलमा १३ अंक जोडेको चेल्सी लिगको शीर्ष स्थानमा उक्लिएको छ। टोटेनहम भने ९ अंकका साथ सातौं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।