काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अव्यवस्थाको अन्त्य गरि जनतामा आशा जगाउनुपर्ने बताएका छन्। १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेद्वारी घोषणा गरेका उनले अवधारणापत्र सार्वजनिक गरेका छन्।
आइतबार झापाको विर्तामोडमा अवधारणा सार्वजनिक गर्दै उनले भने, ‘राजनैतिक व्यवस्था ठीक छ, अव्यवस्थाको अन्त्य गरौं। व्यवस्था भित्रको अव्यवस्था अन्त्य गरि जनतामा आशालाई विश्वासमा बदल्नुपर्दछ।’
विगतमा राजनैतिक परिवर्तन भएको उल्लेख गर्दै शर्माले अब राजनीतिमा परिवर्तन आवश्यकता रहेको बताए। राजनीतिमा परिवर्तनका लागि खुला बहस,संवाद र अभ्यास गर्नुपर्ने उनको तर्क छ।
दलहरुका बीचमा ‘विमतिमा सहमति’ खोज्ने क्रममा संविधान बनेको उल्लेख गर्दै शर्माले उपलब्धी साझा भएकाले कमजोरी पनि साझा भएको टिप्पणी गरे। परराष्ट्र निति व्यक्तिका बुझाई वा दल विशेषको आग्रह भन्दा माथि हुनुपर्ने उनले अवधारणापत्रमा उल्लेख गरेका छन्।
कार्यकर्ता आत्मनिर्भर हुनका लागि ‘तीन दिन पार्टीका लागि र चार दिन दिन रोटीका लागि’ छुट्याउनुपर्ने उनको राय छ। राजनीतिक नियुक्तिमा व्यक्तिको सदाचार सम्बन्धी ट्रयाक रेकर्ड हेरेर मात्रै नियुक्ति दिनुपर्ने उनको राय छ।
यस्तो छ शर्माको अवधारणापत्र :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।