काठमाडौं– नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ। ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बैठक जारी छ।
आजको स्थायी कमिटी बैठकमा विधान महाधिवेशनमा पेश गर्ने विधान संशोधन प्रस्ताव, संगठनसम्बन्धी प्रतिवेदन, राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए।
एमालेको विधान महाधिवेशन असोज १५, १६ र १७ गते आयोजना हुँदैछ। एमालेले त्यसको तयारी अघि बढाइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।