फाइल तस्बिर।
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानको व्याख्याका नाममा संशोधन हुन थालेको बताएका छन्। अधिकार नभएको संस्था (अदालत)ले त्यस्तो गर्न थालेको उनको टिप्पणी छ।
उनले भने, ‘संविधानको व्याख्याका नाममा संशोधन हुँदैछ, संविधानमा नभएका चिज कसरी व्याख्या भयो? भएका चिजनको व्याख्या हुन्छ। नभएका चिज राख्नुलाई व्याख्या भनिदैन, संशोधन भनिन्छ। जसको अधिकार संसद्को दुई तिहाइलाई मात्रै छ। तर, अर्कै ठाउँबाट यस्तो हुन थालेको छ। राजनीतिक उद्देश्य पूरा गर्ने प्रयोग हुन थालेको छ। यो खतरानाक हो।’
संविधान निर्माणका लागि संघर्षमा होमिएका र बलिदान दिएकाहरुलाई पीडाको विषय रहेको उनले बताए। संविधान असफल पार्ने काम विभिन्न ठाउँबाट भइरहेको उनको बुझाइ छ।
‘संविधान असफल पार्ने काम हाम्रो पार्टीभित्र र बाहिर भए। तत्कालको विगत हेर्दा पनि अत्यन्तै नकारात्मक र भयावह ढंगले अगाडि बढाउने कोसिस भएको छ। यस्तो तमासा र मजाक पनि हुन्छ? जसले जे गर्यो त्यही हुन्छ, जे बोल्यो त्यही हुन्छ?’, उनले थपे।
उनले ताजा जनादेशका लागि जानु प्रतिगमन हुने र संविधान मिचेर परमादेशबाट सरकार बनाउनु अग्रमन हुने? भन्दै प्रश्न समेत गरे। संविधान रक्षा अहिले महत्त्वपूर्ण विषय रहेको बताउँदै सचेत हुनुपर्ने ओलीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।