फाइल तस्वीर
काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शमा ओलीले संविधानमा मतभेद रहेको बताउने मधेशकेन्द्रित दलहरुलाई मन्त्री बन्दा लिने शपथको भाषा सम्झाएका छन्। पद हासिल गर्दा ‘नेपालको संविधानप्रति पूर्ण बफादार रही सत्य र निष्ठापूर्वक ...’ भनेर लिइएको शपथ ओलीले सम्झाएका हुन्।
अहिले विरोध गरिरहेकाहरु यो संविधान आएपछि बनेका सरकारमा मन्त्री बनेको उल्लेख गर्दै उनले भने, ‘अझै मतभेद छ भन्नु मौकापरस्त ढंगले धोका दिने काम हो, नतालाई धोका दिने काम मात्रै हो। ‘नेपालको संविधानप्रति पूर्ण बफादार रही सत्य र निष्ठापूर्वक ...’ भनेर उनीहरुले शपथ लिइसकेका छन्।’
कतिपयले त आफ्नै भाषामा शपथ खाएको समेत उनको टिप्पणी छ। आसपासका जनताले पनि बुझुन् भनेरै होला आ–आफ्नो भाषामा शपथ खाने लहरै चल्यो। लाभका लागि शपथ खान, अनि मतभेद छ भन्ने दोहोरो भएन र?’
दोस्रो संशोधनका क्रममा कालापानी, लिम्पियाधुरा र लिपुलेक राखेर निशानछापमा राख्दा सर्वसहमति भएको उनको भनाइ छ। ‘अब ठूला मतभिन्नता बाँकी छैनन्। आधारभूत प्रस्तावना र मूल्यमान्यता सही छन् भन्ने सर्वस्वीकार्य बनेका छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।