• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

विधिको शासनका लागि संवैधानिक सर्वोच्चता जरुरी : प्रधानमन्त्री देउवा [सम्बोधनको पूर्णपाठ]

64x64
नेपाल लाइभ आइतबार, असोज ३, २०७८  ११:४८
1140x725
फाइल तस्बिर।

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले  विधिको शासनका लागि संवैधानिक सर्वोच्चता अपरिहार्य कडी भएको बताएका छन्।

आइतबार संविधान दिवसका अवसरमा आयोजित सभालाई टुँडिखेलमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधान दिवस एक विशिष्‍ट राष्‍ट्रिय खुशीको दिन भएको समेत उल्लेख गरे। 

नेपालको संविधानले सहिदहरुको सपना, नागरिकको आकांक्षा र हाम्रो भविष्‍यलाई एकाकार गरेको उनको भनाइ छ। 

'यस संविधानको सफल कार्यान्वयनबाट मुलुकको सम्वृद्धि र नागरिकको मुहारमा स्थायी खुशी ल्याउने हाम्रो लक्ष्य हो', देउवाले भने। 

उनले नागरिकको लामो संघर्ष र बलिदानपछि संविधान सभाबाट निर्मित संविधानको रक्षा र यसको कार्यान्वयनमा सरकार प्रतिवद्ध रहेको बताए। 'राजनीतिक परिवर्तनप्रतिको नागरिकको चाहना संविधानबाट संस्थागत भएको छ। यसको सफल कार्यान्वयनबाट आर्थिक, सामाजिक रुपान्तरण गरी सम्वृद्धिको मार्गतर्फ हामी अघि बढ्नुपर्छ', उनले थपे।  

संघीयता,  दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संविधानको मूल उद्देश्य रहेको देउवाले बताए । 'यस विषयमा निरन्तर ईमान्दारी पूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु', उनले थपे।  

सम्बोधनको पूर्णपाठ :

सम्माननीय राष्‍ट्रपतिज्यू,
सम्माननीय उपराष्‍ट्रपतिज्यू,
सम्माननीय प्रधानन्यायाधीशज्यू,
प्रतिनिधिसभाका सम्माननीय सभामुखज्यू,
राष्‍ट्रियसभाका सम्माननीय अध्यक्षज्यू,
माननीय मन्त्रीगण,
सङ्‍घीय संसदका संसदीय समितिका माननीय सभापतिहरु,
संघीय संसदका माननिय सदस्यहरु
संवैधानिक निकायका पदाधिकारीहरु,
विशिष्‍ट अतिथिहरु,
राष्‍ट्रसेवक तथा सञ्‍चारकर्मी मित्रहरु,

Ncell 2
Ncell 2
nimb
nimb

संविधान राष्‍ट्रिय दिवसलाई खुशीपूर्वक मनाइरहनु भएका स्वदेश एवं विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरु,

१.    नागरिक स्वतन्त्रता र मुलुकको सम्वृद्धिको लागि दशकौ देखि भएका जनआन्दोलन, सशस्त्र विद्रोह, मधेश आन्दोलन समेतको माध्यमबाट भएको अभूतपूर्व राजनैतिक परिवर्तनबाट प्राप्‍त संघीय, लोकतान्त्रिक गणतन्त्र, समावेशीता, मानव अधिकार एवं वैक्तिक स्वतन्त्रता जस्ता उपलब्धीहरुलाई संस्थागत गर्न जननिर्वाचित प्रतिनिधिबाट गठित संविधानसभाबाट निर्माण भएको नेपालको संविधान सातौं वर्षमा प्रवेश गरेको यस राष्‍ट्रिय दिवसमा उपस्थित हुँदा मलाई गौरववोध भएको छ।
२.    मुलुकको अग्रगामी परिवर्तनका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात-अज्ञात महान आदरणीय शहीदहरु प्रति यस अवसरमा हार्दिक श्रद्धाञ्‍जली अर्पण गर्दछु। यस्ता परिवर्तनका लागि भएका संघर्षहरुमा शारिरीक, भौतिक, आर्थिक, मनोवैज्ञानिक क्षति बेहोर्नुभएका एवं वेपत्ता नागरिकहरुलाई उच्च सम्मानपूर्वक स्मरण गर्दछु।
३.    सातदशक लामो राजनीतिक आन्दोलनका क्रममा परिवर्तनका लागि अग्रपंक्तिमा रही नेतृत्व गर्नुहुने अग्रजहरु तथा समस्त परिवर्तनका पक्षधर नेपाली नागरिक प्रति उच्च सम्मान व्यक्त गर्दछु।

आदरणीय दाजुभाई दिदीबहिनीहरु,
४.    नेपालको संविधानले अमर शहीदहरुको सपना, नागरिकको आकांक्षा र हाम्रो भविष्‍यलाई एकाकार गरेको छ। यस संविधानको सफल कार्यान्वयनबाट मुलुकको सम्वृद्धि र नागरिकको मुहारमा स्थायी खुसी ल्याउने हाम्रो लक्ष्य हो।
५.    विधिको शासनको अपरिहार्य कडी संवैधानिक सर्वोच्चता र त्यसलाई संस्थागत गर्ने संविधान हो। त्यसैले संविधान दिवस एक विशिष्‍ट राष्‍ट्रिय खुशीको दिन हो। यस अवसरमा पनि हामी खुला मनले अधिकआधिक सहभागिताबाट राष्‍ट्रिय उत्सव मनाउन सकेका छैनौं किनकी कोभिड-१९ को महामारीबाट हामी सबै जोगिंदै यस्ता उत्सव मनाउनु पर्ने वाध्यता रहेको छ।
६.    शताब्दीकै कहालीलाग्दो कोभिड-१९ को विश्‍वव्यापी महामारीबाट मानवजाति आक्रान्त बनेको छ। यसबाट नेपाली नागरिकलाई बचाउन सरकार पूर्णरुपले प्रतिवद्ध एवं क्रियाशील रहेको छ।
७.    वर्तमान सरकारको पहिलो प्राथमिकतामा कोभिड-१९ को महामारीबाट नागरिकको जीवन रक्षा गर्नु हो। यही असोज महिना भित्र एक तिहाई र यस वर्ष भित्र खोप लगाउनयोग्य सबै नेपालीलाई नि:शुल्क खोपको व्यवस्था गरिनेछ। अग्रस्थानमा खटिने राष्‍ट्रसेवक लगायत सबैलाई व्यक्तिगत स्वास्थ्य सामग्रीको व्यवस्था गर्ने र स्वास्थ्य सचेतना बढाउने कार्यक्रमहरु नेपाल सरकारले सञ्‍चालन गरिरहेको छ।

आदरणीय दाजुभाई दिदीबहिनीहरु,
नागरिकको लामो संघर्ष र बलिदानीबाट संविधानसभाबाट निर्मित संविधानको रक्षा र यसको कार्यान्वयनमा हामी प्रतिवद्ध छौं। राजनीतिक परिवर्तन प्रतिको नागरिकको चाहना संविधानबाट संस्थागत भएको छ। यसको सफल कार्यान्वयनबाट आर्थिक, सामाजिक रुपान्तरण गरी सम्वृद्धिको मार्गतर्फ हामी अघि बढ्नुपर्छ। 
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमसंघीय,  दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संविधानको मूल उदेश्य हो । यस विषयमा निरन्तर ईमान्दारी पूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । 
८.    सङ्‍घीयता कार्यान्वयनलाई समिक्षा गर्दै नागरिकका नजिकका सरकार प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्न बाँकी विभिन्‍न निकायको हस्तान्तरण गरिनेछ। साधनश्रोत र जनशक्तिको समूचित वाडफाड गरिनेछ। संविधानको सफल कार्यान्वयनकालागि आवश्यक कानून बनाईने छन । आपसी संवाद, सहमति र सहकार्य मार्फत गठबन्धन संस्कृतिको विकास गर्दै राष्‍ट्रिय हित, सामाजिक आर्थिक न्याय तथा लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समाजवाद प्रति प्रतिवद्ध हुँदै सङ्‍घीय शासन प्रणालीको माध्यमबाट न्यायपूर्ण, विभेद रहित सवल एवं समृद्ध नेपालको निर्माण गर्नु वर्तमान सरकारको प्राथमिकता हो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आदरणीय दाजुभाई दिदीबहिनीहरु, 
९.    राजनीतिक प्रणालीलाई थप मजवुत बनाउँदै मुलुकको समुन्‍नतितर्फ आगामी यात्रा तय गर्न आवश्यक छ। नागरिकका अपेक्षा, आकांक्षा, आशा र असन्तुष्‍टिलाई सम्बोधन गर्दै लोकतान्त्रिक माध्यमबाट सबै समस्याको समाधान गर्न हामी प्रतिवद्ध छौं।
१०.    देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, जनताको जीउधनको सुरक्षा, सुशासन र पारदर्शीता स्वतन्त्र प्रेस प्रतिको हाम्रो प्रतिवद्धता निरन्तर रहनेछ।
११.    अन्त्यमा;     महामारीको जोखिमलाई न्यूनीकरण गर्दै नागरिकको रक्षा गर्ने र स्वास्थ्य मापदण्डको पालना गर्दै अर्थतन्त्रलाई गतिशिल बनाउनेतर्फ हामी सबै नेपाली अग्रसर हुने शक्ति र प्रेरणा सातौ संविधान दिवसले हामी सबैलाई प्रदान गरोस् भन्‍ने शुभेच्छा प्रकट गर्दछ।
सातौ संविधान दिवस एवं राष्‍ट्रिय दिवसको अवसरमा पुन: सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

जयनेपाल !
शेरबहादुर देउवा
प्रधानमन्त्री

प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  ११:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बैंकमा पैसा थुप्रियो, लगानी र रोजगारी बढ्न सकेन : अञ्जन श्रेष्ठ
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
सम्बन्धित सामग्री
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत रकम वितरण गरेको हो। स्थानीय तहसँग... बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत जर्मनीबाट डिपोर्ट (निष्कासन) गरिएको विषयसहित नैतिक आचरण, योग्यता र कूटनीतिक अनुभवमाथि गम्भीर प्रश्न उठेपछि समितिले उनको नाम अनुमोदन... बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका लागि अस्वीकृत भएको छ । बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
बैंकमा पैसा थुप्रियो, लगानी र रोजगारी बढ्न सकेन : अञ्जन श्रेष्ठ बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्