काठमाडौं– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संविधान एवं राष्ट्रिय दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री मोदीले संस्कृतिको सुदृढ सूत्र, पारस्परिक सम्पर्क र जनता–जनताबीचको सम्बन्धले भारत र नेपाललाई जोडेको बताएका छन्।
दुवै देशबीचको अनुपम एवम् विशेष साझेदारीयुक्त समान सम्बन्ध विश्वका केही देशबीचमात्र रहेको उनले सन्देशमा उल्लेख गरेका छन्।
कोभिडको महामारीबाट मुक्त हुनेतर्फ विश्व अग्रसर भइरहेको अहिलेको अवस्थामा महामारीका कारण सिर्जित चुनौतीको सामना गर्न नेपाललाई भारतबाट निरन्तर एवम् अविचलित सहयोग हुने प्रतिबद्धतासमेत प्रधानमन्त्री मोदीले सन्देशमा गरेका छन्।
दुई देशबीचको साझेदारीका माध्यमबाट शान्ति र समृद्धि हासिल गर्ने लक्ष्यका निम्ति भारत र नेपालबीचको सुदृढ पारस्परिक सम्बन्धलाई थप गति दिन प्रधानमन्त्री देउवासँग सहकार्य गर्न प्रतीक्षारत रहेको प्रधानमन्त्री मोदीको भनाय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।