काठमाडौं- ए डिभिजन राष्ट्रिय फुटसल लिगमा राइजिङ क्लब धरान र स्पोर्ट्स क्यासल पोखराले विजयी सुरुवात गरेका छन्।
पोखरा रंगशालाको कभर्ड हलमा भएको उद्घाटन खेलमा राइजिङ क्लब धरानले स्काई गोल्स काठमाडौंलाई ५–४ गोलले पराजित गेको छ।
राइजिङको जितमा रिओस मास्केले २ र मिलन लिम्बू, दोर्जे तामाङ र सुदीप गुरुङले एकरएक गोल गरर्। मच्छिन्द्रका श्रीकृष्ण श्रेष्ठले ह्याट्रिक गरे पनि टोलीलाई जिताउन सकेनन्। मच्छिन्द्रका आशिस सुनमले एक गोल गरे।
त्यस्तै, अर्को खेलमा प्रभातफेरी युथ क्लब स्पोर्ट्स क्यासल पोखरासँग ७–० ले पराजित भएको छ। क्यासलका सुमित श्रेष्ठ र खिमराज गुरुङले समान दुई गोल तथा किशोर गुरुङ, दीपेश घले र विजय गुरुङले एकरएक गोल गरे।
फुटसल लिगमा देशका सात प्रदेशबाट गरी १० टोलीले सहभागिता जनाएका छन्। खेल राउण्ड रोबिन प्रणालीका आधारमा खेलाइने छ।
आउँदो २२ गतेसम्म हुने लिगमा कुल ४९ खेल हुनेछन्। सबै खेल ४० मिनेटको हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।