काठमाडौं- साविकको विजेता बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ।
घरेलु मैदान एलिएन्ज एरिना शनिबार राति भएको खेलमा बायर्नले नवप्रवेशी बोचुममाथि ७–० को फराकिलो जित निकालेको हो।
बार्यनको जितमा योसुवा किम्मिखले दुई तथा लिरोए साने, सर्ज जिनाब्री र रोबर्ट लेवान्डोस्कीले समान १–१ गोल गरे। एक गोल भने उपहार पाएको थियो।
खेलको १७औं मिनेटमा लिरोए सानेले गोल गर्दै बायर्नले खेलमा अग्रता लिएको थियो। २७औं मिनेटमा योसुवा किम्मिखले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे।
३२औं मिनेटमा सर्ज जिनाब्रीले पासमा गोल गरेपछि बायर्न खेलमा ३–० ले अग्रता लियो। ४३औं मिनेटमा भासिलिओस लाम्ब्रोपोउलोसले आत्मघाती गोल गरेपछि बायर्नले पहिलो हाफमा ४–० को अग्रता लिन सफल भयो।
६१औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्न ५–० को फराकिलो जिततर्फ लगे। ६५औं मिनेटमा योसुवा किम्मिखले व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैटौ गोल गरे।
७९औं मिनेटमा चुपो मोटिङले गोल गर्दै बायर्नलाई ७–० को फराकिलो जित दिलाए।
जितसँगै अपराजित बायर्न ५ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ। पराजित बोचुम ३ अंक जोडेर १७औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।