काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी नेपालले संविधान दिवसलाई कालो दिनका रुपमा मनाउने भएको छ।
असोज ३ मा संविधान जारी भएको दिनलाई संविधान दिवसका रुपमा मनाइँदै आइएको छ। तर, लोसपाले भने भोलिको दिनलाई कालो दिनका रुपमा मनाउन लागेको हो।
पार्टी केन्द्रीय कार्यालय बबरमहलमा आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषय वृहत विचार गोष्ठी पनि गर्ने लोसपाले जनाएको छ।
जनता समाजवादी पार्टीबाट अलग भएर महन्थ ठाकुरको नेतृत्वमा भदौ ९ गते लोकतान्त्रिक समाजवादी पार्टी नेपाल गठन भएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।