काठमाडौं- नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुमा नयाँ नेतृत्व चयन गरिएको छ।
शनिबार काठमाडौंमा भएको अनेरास्ववियुको केन्द्रीय सचिवालयको पूर्ण बैठकले संगठनको अध्यक्षमा सुनिता बराललाई चयन गरेको हो।
यस्तै, संगठनको वरिष्ठ उपाध्यक्षमा आरसी लामिछाने चयन भएका छन्।
यस्तै, उपाध्यक्षमा कल्पना वाइबा, यम पाण्डे, मोती बिक लगायत १२ जना र महासचिवमा समिक बडाललाई चयन गरिएको अखिल नेता मर्यादा विष्टले बताइन्।
यसैगरी, नरेश रोकाय, सुदर्शन सिवाकोटी, नारायण घर्ती र गोविन्द गिरी उपमहासचिव र जेनिस लामा कोषाध्यक्ष चयन भएका छन्।
यसअघि अध्यक्ष रहेका ऐन महरले संगठनबाट विदा लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।