फाइल तस्बिर
काठमाडौं- एएफसी महिला एसियन कप-२०२२ छनोट अन्तर्गतको फिलिपिन्सविरुद्धको खेलमा नेपालले पहिलो हाफमा अग्रता बनाएको छ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा नेपालले १-० को अग्रता बनाएको हो।
नेपालका लागि खेलको १०औं मिनेटमा विमला चौधरीले गोल गरेकी थिइन्।
उनले हेडरमार्फत उत्कृष्ट गोल गरिन्। ३९औं मिनेटमा चोट बोक्दै उनी मैदानबाट बाहिरिएकी छिन्।
विमलाको स्थानमा अनिता बस्नेत मैदान प्रवेश गरेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।