काठमाडौं- गुन्डा नाइके दीपक मनाङ्गे (राजिव गुरुङ) नेकपा एमालेमा प्रवेश गरेका छन्। मनाङ्गेलाई हिजो मनाङका एमाले अध्यक्षले काठमाडौं ठमेलस्थित होटल मर्स्याङ्दीमा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गराएका हुन्।
मनाङ्गे यसअघि राप्रपा नेपालमा थिए। एक वर्षअघि उनलाई कमल थापाले पार्टी प्रवेश गराएका थिए।
कुनै समय राजधानीमा सक्रिय रुपमा गुन्डागर्दी गर्दै आएका मनाङ्गे अहिले पनि भूमिगत रुपमा गुन्डागर्दीमा सहभागी हुने गरेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार उनी पटक-पटक गुन्डागर्दीको अभियोगमा पक्राउ पर्दै छुट्दै आएका छन्। उनी विरुद्ध गैरकानुनी ढंगले अकुत सम्पत्ति आर्जन गरेको आरोपसमेत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।