काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले गुल्मीमा पनि संगठन विस्तार गरेको छ। नेकपा एकीकृत समाजवादीको गुल्मीको अध्यक्षमा श्रीराम महत र इन्चार्जमा हिमाल थापाले जिम्मेवारी पाएका छन्।
गुल्मी एमाले नेता प्रदीप ज्ञवाली र गोकर्ण विष्ट तथा नेकपा एकीकृत समाजवादीकी नेता रामकुमारी झाँक्रीको गृहजिल्ला हो। तत्कालीन एमालेमा विष्ट नेपाल समूहमा रहेपनि पार्टी विभाजनपछि भने नेपाललाई साथ नदिएर एमालेमै बसे।
नेकपा एकीकृत समाजवादीले देशभर संगठन विस्तार गरिरहेको छ। गुल्मीको नेतृत्वमा युवा आएको भन्दै नेता झाँक्रीले समयले सुम्पेको दायित्व र जिम्मेवारी उनीहरूले कुशलतापूर्व पूरा गर्ने अपेक्षा गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।