काठमाडौं- स्वास प्रश्वासमा समस्या भएपछि पेले अस्पताल भर्ना भएका छन्। ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी पेलेको अवस्था 'स्थिर' रहेको अस्पतालले जनाएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि पेलेलाई शुक्रबार साउ पाउलोस्थित अर्वर्ट आइन्स्टाइन अस्पतालमा भर्ना गरिएको थियो।
स्थानीय सञ्चारमाध्यले पेलेको स्वास्थ्य अवस्था खराब भएपछि शुक्रबार अस्पतालको आइसीयूमा भर्ना गरिएको बताएका थिए।
पेले गत हप्ता पेटको अप्रेसनपछि अस्पतालबाट डिस्चार्ज भएका थिए।
पेलेले तीनवटा विश्वकपको उपाधि उचालेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।