काठमाडौं- लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान गर्ने विशिष्ट व्यक्तिहरुलाई ‘प्रदेश पदक’बाट सम्मानित गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेशभित्रका विभिन्न क्षेत्रमा योगदान गर्ने विशिष्ट ५७ जनालाई सम्मानित गर्ने निर्णय गरेको हो।
यस्तै, बैठकले साविकको मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगारको कार्यक्रमको सट्टामा मुख्यमन्त्री शैक्षिक सुधारका कार्यक्रम लागु गर्ने निर्णय गरेको छ।
यता, साविकको मन्त्रालयहरुले कार्य जिम्मेवारी हेरफेर भए बमोजिम सम्बन्धित मन्त्रालयहरुलाई अभिलेख, सम्पत्ति दायित्व र जनशक्तिसमेत हस्तान्तरण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णध्वज केसीले जानकारी दिए।
बैठकले व्यवस्थापन समम्बन्धी कार्यविधि २०७८ दोस्रो संसोधन स्वीकृति गर्ने निर्णय पनि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।