काठमाडौं- आसन्न ‘ए’ डिभिजन लिगका लागि थ्री स्टार क्लबले युवा विंगर ऋतिक खड्कालाई क्लबमा अनुबन्ध गरेको छ।
थ्री स्टार र २० वर्षीय युवा विंगर ऋतिकबीच शुक्रबार सम्झौतामा हस्ताक्षर भएको हो।
ऋतिकले गत सिजनको लिग ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बाट खेलेका थिए। थ्री स्टारमा आबद्ध भएसँगै खड्काले थ्री स्टार जस्तो चर्चित क्लबसँग जोडिन पाउँदा खुशी लागेको बताए।
‘क्लबले मलाई विश्वास गरेर टोलीमा आबद्ध गरेको छ। म यो प्रतिष्ठित क्लबमा सामेल हुन पाउँदा धेरै खुशी छु,’ खड्काले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।