काठमाडौं- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद् विस्तार गरेका छन्।
शुक्रबार साँझ उनले नेकपा (एकीकृत समाजवादी)बाट एक जना मन्त्री र एक जना राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
नवनियुक्त मन्त्रीले शुक्रबार साँझ नै प्रदेश प्रमुखसमक्ष शपथ लिएका छन्। यस्तै,राज्यमन्त्रीलाई मुख्यमन्त्री भट्टले सपथ ग्रहण गराएका छन्।
एकीकृत समाजवादीबाट तारा लामा तामाङ आर्थिक मामिला तथा योजनामन्त्री बनेका छन् भने माया तामाङ बोहोरा आर्थिक मामिला तथा योजना राज्यमन्त्री बनेकी छन्। तामाङ यसअघि नेकपा एमालेमा हुँदा संसदीय दलका प्रमुख सचेतक थिए। बोहोरा भने एमालेमा आन्तरिक विवाद हुँदा ओली समूहमा थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।