काठमाडौं- नेकपा (एमाले)को विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २३औं राष्ट्रिय महाधिवेशन आगामी चैतमा हुने तय भएको छ।
आज बसेको अनेरास्ववियुको स्थायी कमिटीको बैठकले आगामी महाधिवेशनको मिति तय गरेको हो।
अनेरास्ववियुका पूर्वअध्यक्ष तथा हालका इन्चार्ज खिमलाल भट्टराईले विद्यार्थी संगठनको राष्ट्रिय महाधिवेशन चैत २२, २३ र २४ गते गर्ने निर्णय आजको बैठकले गरेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।