काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन्।
मुख्यमन्त्री भट्टले नेकपा एकीकृत समाजवादीबाट १ जना मन्त्री र १ जना राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।
नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीलाई शुक्रबार बेलुकी सपथ खुवाउने कार्यक्रम रहेको सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता पूर्णा जोशीले जानकारी दिइन्।
एकीकृत समाजवादीबाट तारा लामा तामाङ आर्थिक मामिला तथा योजना मन्त्री बन्दैछन् भने माया तामाङ बोहोरा आर्थिक मामिला तथा योजना राज्यमन्त्री बन्दैछिन्।
तामाङ यसअघि नेकपा एमालेमा हुँदा संसदीय दलका प्रमुख सचेतक थिए। बोहोरा भने नेकपा एमालेमा आन्तरिक विवाद हुँदा ओली समूहमा थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।