काठमाडौं– प्रदेश १ को प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशन असोज २२ गते देखि सुरु हुने भएको छ।
मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ले अधिवेशन आह्वान गरेका हुन्।
प्रदेशसभा नियमावली, २०७४ को नियम ३ को उपनियम १ बमोजिम सो दिन मध्याह्न २ बजे उपस्थित हुन प्रदेशसभाका सबै सदस्यलाई जानकारी गराइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।