काठमाडौं- फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) मा नयाँ कार्यसमिति चयन भएको छ। फ्यानको बुधबार सम्पन्न २९औं साधारण सभाले पुष्प व्यवसायी मिनबहादुर तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
बुधबार भएको निर्वाचनमा तामाङले १३१ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी रामजीप्रसाद तिमिल्सिनाले ५२ मत ल्याएका छन्।
वरिष्ठ उपाध्यक्षमा शिवबहादुर खड्काले १३२ मत प्राप्त गरेर विजयी भए भने उपाध्यक्षका अर्का प्रत्यासी प्रदिप खड्काले ४४ मत ल्याएका छन्।
उपाध्यक्षमा सिताराम पन्तले ९६ मत प्राप्त गरेर विजयी भएका छन् भने प्रतिस्पर्धी महेन्द्रबहादुर सुवेदीले ७७ मत प्राप्त गरे। त्यसैगरी महासचिवमा विश्वमणी पोख्रेल र सचिवमा हिरामणी शर्मा लगायत निर्विरोध भएका छन् भने कोषाध्यक्षमा सुशील खड्का चयन भएका छन्।
सदस्यहरूमा राजु तामाङ, राजकृस्ण बजगाइँ, सिताराम लामिछाने, पाण्डव श्रेष्ठ, सुमन महर्जन र कृष्णराम थापा चयन भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।