काठमाडौं- मोफसलको चर्चित सहारा क्लब, पोखराको अध्यक्षमा सुरज गुरुङ चयन भएका छन्। क्लबको १२औं अधिवेशनले गुरुङलाई निर्विरोध अध्यक्ष चयन गरेको हो।
समितिको वरिष्ठ उपाध्यक्षमा केशवराज बराल, उपाध्यक्षमा चित्रबहादुर पुन, महासचिव रामजीप्रसाद अधिकारी, सचिव सुनिल राना मगर, कोषाध्यक्ष नवराज अधिकारी र सहकोषाध्यक्षमा विनु रानामगर चुनिएका छन्।
१२ सदस्यीय कार्यसमितिको सदस्यमा रोजिना गुरुङ, ज्योति केसी, शंकर सुवेदी, अतित गुरुङ, मनमाया तामाङ र मनोज थापा चयन भएका छन्।
यस्तै, क्लबले वर्षेनि प्रदान गर्दै आएको सहारा खेल पत्रकारिता पुरस्कारबाट यस वर्ष पत्रकार दीपक परियार सम्मानित भएका छन्।
उनलाई गण्डकीका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले नगद २० हजार ५ सय ५५ रुपैयाँसहित सम्मानपत्र प्रदान गरे।
क्लबले लामो समयदेखि मोफसलकै उत्कृष्ट फुटबल प्रतियोगिता आहा रारा गोल्डकप आयोजना गर्दै आएको छ भने एकेडेमी मेत सञ्चालन गरिरहेको छ। एकेडेमीमा फुटबल प्रशिक्षणसहित शिक्षा-दिक्षाको व्यवस्था क्लबले गरिरहेको छ। एकेडेमीमा हाल १४ जिल्लाका २४ बालकहरु आश्रित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।