काठमाडौं- लिभरपुलका मुख्य स्ट्राइकर मोहमद सलाहले पूर्वमिडफिल्डर स्टेभेन जेरार्डको कीर्तिमानसँग बराबरी गरेका छन्।
सलाहले बुधबार एसी मिलानविरुद्ध गोल गरेसँगै घरेलु मैदान एनफिल्डमा सबैभन्दा धेरै च्याम्पियन्स लिग/युरोपियन कप गोल गर्ने जेरार्डको कीर्तिमान बराबरी गरेका हुन्।
मिलानविरुद्धको सलाहले खेलको ४८औं मिनेटमा गोल गरेका थिए। उनले डिभोक ओरिगीको पासमा गोल गरेका थिए।
उनको एनफिल्डमा यो १४औं गोल हो। सलाहको यो च्याम्पियन्स लिगमा २६औं गोलसमेत हो। लिभरपुलले मिलानविरुद्ध ३-२ को जित समेत निकालेको छ।
सलाहले रोमाबाट लिभरपुल जानुअघि आफ्नो करियरमा मात्र तीन च्याम्पियन्स लिग गोल गरेका थिए। तर, त्यसपछि उनी प्रतियोगितामा एक सीरियल स्कोरर बनेका छन्।
इजिप्टका स्टारले लिभरपुलका लागि २६ च्याम्पियन्स लिग गोल गरेका छन्, जसमध्ये आधाभन्दा बढी घरमै गरेका छन्।
उनको सबैभन्दा यादगार गोल एनफिल्ड २०१९ को च्याम्पियन्स लिग फाइनलमा टोटेनहमविरुद्ध थियो। उनले खेलको दोस्रो मिनेटमा पेनाल्टीमा गोल गरेका थिए।
सामान्यतया भरपर्दो सलाहले बुधबारको खेलको सुरुमा भने पेनाल्टी मिस गरेका थिए। १४औं मिनेटमा लिभरपुलले पेनाल्टी प्राप्त गरेपनि सलाहको प्रहारलाई मिक मेइगनानले बचाए।
एन्ड्रिउ रोबर्टसनको भली प्रहारलाई पेनाल्टी बक्समा इस्माइल बेनासेरले हातले छोएपछि रेफ्रीले लिभरपुललाई पेनाल्टी प्रदान गरेका थिए।
यो उनले दोस्रोपटक पेनाल्टी मिस गरेका हुन् भने २०१७ पछि पहिलोपटक पेनाल्टी मिस गरेका हुन्। उनले हालसम्म लिभरपुलबाट १९ पटक पेनाल्टी प्रहार गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।