काठमाडौं- जर्मन क्लब बायर्न म्युनिखका मुख्य स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई आगामी समरमा लिभरपुलमा भित्र्याउन प्रशिक्षक जर्गेन क्लोपले प्रकृया अगाडि बढाएका छन्।
पोल्याण्डका स्ट्राइकर लेवान्डोस्कीले अर्को समरमा बायर्न छोड्ने अपेक्षा गरिएको छ। लिभरपुलका प्रशिक्षक क्लोपले उनलाई भित्र्याउन सके अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि मनिने छ। त्यसैले उनले बायर्नका गोल मेसिन लेवान्डोस्कीलाई भित्र्याउन क्लबसँग पहल गरिरहेको इंग्लिस सञ्चारमाध्यमहरुले जनाएका छन्।
प्रशिक्षक क्लोप लेवान्डोस्कीको क्षमताबारे जानकार छन्। उनले लेवान्डोस्कीलाई जर्मन क्लब बोरुसिया डर्टमुण्डमा प्रशिक्षित गरेका थिए। लेवान्डोस्की लिभरपुल भित्रिए डर्टमुण्डमा जस्तै सहकार्य हुने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।