काठमाडौं– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ।
बुधबार राति सम्पन्न खेलमा सिटीले १० खेलाडीमा समेटिएको जर्मन क्लब आरबी लाइप्जिगमाथि ६–३ को जित निकालेको हो।सिटीको जितमा नाथन एके, रियाद महारेज, ज्याक ग्रेलिस, जोओ क्यान्सेलो र गाब्रियल जेससले गोल गर्दा एक गोल उपहार पाएको थियो।
लाइप्जिगका क्रिस्टोफोर एनकुकुले ह्याट्रिक गरे पनि हार टर्न सकेन।
एन्जलेलिनो दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लाइप्जिग ७९औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो। त्यसबेलासम्म सिटीले ५–३ को फराकिलो अग्रता लिइसकेको थियो।
यो नतिजापछि सिटी ३ अंकका साथ जोडेर समूह डीको शीर्षस्थानमा रहँदा पीएसजी र क्लब ब्रुगले समान १ अंक जोडेका छन्। लाइप्जिग अंक विहीन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।